मेक्सिकोमा अचानक देखियो ३०० फिटको 'सिंकहोल'
एजेन्सी। मेक्सिकोको प्युब्ला राज्यमा अचानक ३०० फिटको पानीले भरिएको 'सिंकहोल' देखा परेको छ। यसको आकार बढ्दै जाँदा उक्त स्थान वरपरका घरहरु डुबाउने खतरा बढेको छ। शनिबारदेखि यो स्थानको तस्विर र भिडियो सोसल मिडियाहरुमा भाइरल भएको छ। आश्चर्यचकित भएका स्थानीयले यो घटना कसरी भयो भन्नेबारे पत्ता लगाउने कोसिस गरिरहेका छन्। पाँच गजबाट सुरु भएको यो खाडल अहिले ७५ गज भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्