नाइजेरियामा ‘अनिश्चित कालका लागि’ ट्वीटर निषेध काठमाडौँ। नाइजेरिया सरकारले ‘अनिश्चित कालका लागि’ ट्वीटर बन्द गर्ने घोषणा गरेको त्यहाँको सूचना मन्त्रालयले जनाएको छ। नाइजेरियाले आफ्नो स्वाधीनतामाथि हमला गर्न ट्वीटर प्रयोग हुन थालेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ भने ट्वीटरले यो निर्णय निकै गम्भीर भएको जनाएको छ। केही दिनअघि राष्ट्रपति मुहम्मदु बुहरीको ट्वीटले साइटको नियम उल्लंघन गरेको भन्दै ट्वीटरले हटाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्