उपप्रधानमन्त्री पोखरेल भन्छन्- संविधानको मर्मअनुसार बजेट, कार्यक्रम ल्याउन सकिएन
काठमाडौं। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले नीति तथा कार्यक्रम र बजेट संविधानको मर्म अनुरूप ल्याउन नसकेको स्वीकार गरेका छन्।

संविधानले तीन वटै तहका सरकारको कामहरू परिभाषित गरेपनि काम गर्ने शैलीमा पुरानै आचरण हावी हुँदा नीति तथा कार्यक्रम र बजेट संविधानको स्प्रिट अनुसार आउन नसकेको बताएका हुन्।

आज संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको ‘समावेशी विकास र समृद्ध नेपाल’ कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था र त्यसलाई कार्यन्वयनमा लैजानेहरूबीच द्वन्द्व हुँदा विकास निर्माणका गतिविधिमा समेत अवरोध भएको बताए।

उनले राज्य संरचना र प्रणाली परिवर्तन भएपछिको कानून र संरचनाहरू अझैंपनि पूर्णरूपमा निर्माण नभएकाले व्यवहारिक रूपमा अन्तरविरोध भइरहेको र त्यसको असर बजेट र नीति तथा कार्यक्रममा परेको बताएका हुन्।

त्यस्तै, समावेशी आर्थिक विकासका लागि तीन वटै तहका सरकारको संलग्नता र सक्रिय सहभागिताबाट मात्र योजना निर्माण गरी कार्यान्वयन र निरीक्षणमा जानुपर्नेमा उनको जोड छ।

उपप्रधानमन्त्री पोखरेलले विकासमैत्री सरकारी नीति र लगानीमैत्री वातावरण निर्माण हुनुपर्ने, स्रोत र साधनको अधिकतम परिचालन तथा इमान्दार कर्मचारीतन्त्रको विकास भएमात्र आर्थिक विकास र समृद्धि सम्भव भएको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्