मैले बुझ्न सकेको छैन, मानिसहरु किन विवाह गर्छन् : मलाला युसुफजाई
एजेन्सी। पाकिस्तानी एक्टिभिस्ट तथा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले ‘जीवनसाथी’का लागि विवाह जरुरी नरहेको बताएकी छन्। उनले ‘भग’ म्यागजिनलाई अन्तर्वार्ता दिँदै यस्तो धारणा राखेकी हुन्। उनको धारणालाई लिएर पाकिस्तानमा बहस हुन थालेको छ। मलाला भन्छिन्, ‘‘मैले बुझ्न सकेको छैन, मानिसहरु विवाह किन गर्छन्! कसैलाई जिन्दगीमा चाहेको छ भने कागजमा हस्ताक्षर गर्नु आवश्यक छैन।’’
प्रतिक्रिया दिनुहोस्