सोमबारदेखि दिल्लीमा मेट्रो सुचारु
एजेन्सी। नयाँदिल्लीमा सोमबारदेखि मेट्रो सुचारु हुने मुख्यमन्त्री अरविन्द केजरीवालले बताएका छन्। तर, यात्रु भने आधामात्र राखिने छ। कोरोना संक्रमणमा गिरावट आउन थालेपछि दिल्लीमा विस्तारै लकडाउन अन्त्य गरिने केजरीवालले बताएका छन्। कोरोनाको दोस्रो लहरका कारण दिल्लीमा मे १० देखि मेट्रो बन्द गरिएको थियो। मेट्रो सञ्चालन गर्दा सामाजिक दूरी र व्यक्तिगत स्वास्थ्यलाई पूरा ध्यान दिइने र सबै यात्रुको थर्मल स्क्रिनिङसमेत गरिने छ।
प्रतिक्रिया दिनुहोस्