गैरआवासीय नेपाली संघले पठायो ७ देशवाट ४२८ अक्सिजन कन्सन्ट्रेटर
काठमाडौं। गैरआवासीय नेपाली संघले सुरु गरेको 'नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं' अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौंमा आइपुगेको छ। विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १५०,अष्ट्रेलियाबाट १००, क्यानडाबाट ७५,जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०,इटालीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि आर्थिक सहायता प्राप्त भएको थियो।
प्रतिक्रिया दिनुहोस्