पच्चीस स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर
काठमाडौं। नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जोय फाउण्डेसनले विभिन्न जिल्लाका २५ स्थानमा अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको छ। नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, कास्की, बर्दिया, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुरका २५ स्थानमा १०० थान अक्सिजन कन्सन्ट्रेटर वितरण गरिएको फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठले बताए। रासस
प्रतिक्रिया दिनुहोस्