बुर्किनाफासोको एक गाउँमा बन्दुकधारीको आक्रमण, १३२ को मृत्यु
बीबीसी। बुर्किनाफासोको उत्तरी क्षेत्र याघा प्रान्तस्थित गाउँ सोलानमा बन्दुकधारीको आक्रमणबाट १३२ जनाको मृत्यु भएको छ। आक्रमणकारीले घरहरु तथा स्थानीय बजारमा आगोसमेत लगाइदिएको थिए। हमलाको कसैले जिम्मेवारी लिएको छैन। केही वर्षदेखि त्यहाँको सीमावर्ती नाइजर र मालीवरपर इस्लामी चरमपन्थी समूहको हमला बढेको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले भनेका छन्, "म यो जघन्य हमलाको कडा शब्दमा निन्दा गर्छु।"
प्रतिक्रिया दिनुहोस्