पहिला आफ्नो अनुहार ऐनामा हेर्न अमेरिकालाई चीनको सुझाव
एजेन्सी। ३२ वर्षअघि चीनको तियानमेन चोकमा भएको नरसंहारबारे अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले टिप्पणी गरेपछि चीनले ‘अमेरिकाले पहिला आफ्नो अनुहार ऐनामा हेर्नुपर्ने’ प्रतिक्रिया दिएको छ। ग्लोबल टाइम्सले चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनलाई उद्धृत गर्दै ‘१९८०को दशकको उत्तराद्र्धमा भएको राजनीतिक उथलपुथलबारे ब्लिंकनको भनाइ चीनको आन्तरिक मामिलामा हस्तक्षेप हो र चीन यसको कडा विरोध गर्छ’ लेखेको छ।
प्रतिक्रिया दिनुहोस्