बालुवाटार जग्गा प्रकरणः ४९ जनाविरुद्ध २१ दिने सूचना, जवाफ नदिए सरकारको नाममा नामसारी हुने काठमाडौं।भूमिसुधार तथा मालपोत कार्यालयले बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिका नाममा गर्ने ४९ जनाविरुद्ध २१ दिने सूचना जारी गरेको छ।आज गोरखापत्रमा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो।मालपोत कार्यालयले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न भनेको हो।अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए जग्गा सरकारको नाममा नामसारी हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्