आउँदो वर्ष १५ सय विद्यालय तथा क्याम्पसको पुननिर्माण गरिने
काठमाडौं। आउँदो आर्थिक वर्ष २०७८/७९ मा भूकम्प प्रभावित जिल्लामा रहेका १ हजार ५ सय विद्यालय तथा क्याम्पसको पुनर्निमाण गरिने भएको छ। आगामी वर्षको बजेटमा ती विद्यालय तथा क्याम्पसको पुननिर्माणको लागि बजेट विनियोजन गरिएको छ। बजेटमा समेटिएपछि पुननिर्मार्णको लागि योजना निर्माण भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट तथा योजना महाशाखाका सहसचिव डा. तुल्सी थपलियाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्