अफगानिस्तानमा बारुदी सुरुङ बिष्फोटमा ११ को मृत्यु
एजेन्सी। उत्तर-पश्चिम अफगानिस्तानको सडक किनारामा राखिएको बारुदी सुरुङ बिष्फोट हुँदा यात्रुवाहक मिनीभ्यानमा रहेका कम्तीमा ११ जना ज्यान गएको छ। अधिकारीहरुकाअनुसार शनिबार भएको बिष्फोटबाट मारिनेहरुमा तीनजना बालबालिकासमेत परेका छन्। शक्तिशाली बिष्फोटका कारण मिनीभ्यान सडकबाट खोँचमा पुगेको बडघिस प्रान्तीय गभर्नर हेसामुद्दीन साम्सले बताए। बिष्फोटको कसैले पनि जिम्मेवारी लिइसकेका छैन।
प्रतिक्रिया दिनुहोस्