श्रीलङ्कामा भारी वर्षा : १४ को मृत्यु, दुई लाख ४५ हजार प्रभावित
काठमाडौं। श्रीलङ्कामा भारी वर्षाका कारण कम्तीमा१४ जनाको मृत्यु भएको र दुईलाख४५ हजारभन्दा बढी मानिस प्रभावित भएको अधिकारीहरूले बताएका छन्। श्रीलङ्काको विपत् व्यवस्थापन केन्द्रका अनुसार १५ हजार ६५८ व्यक्तिलाई जोखिमयुक्त स्थानबाट सुरक्षितस्थलमा सारिएको छ भने ८०० घरहरूमा आंशिक तथा पूर्ण क्षति भएको छ। श्रीलङ्काको मौसम विज्ञान विभागका अनुसार आगामी केही दिनमा कतिपय स्थानमा १५० मिलिमिटरभन्दा बढी बर्षा हुने पूर्वानुमान गरिएको छ।रासस
प्रतिक्रिया दिनुहोस्