बाँदरमुढे घटनाको १६ वर्ष : न्यायको पर्खाइमा पीडित
काठमाडौं। बाँदरमुढे घटनाको १६ वर्ष पुग्दा पनि पीडितले न्याय पाउन सकेका छैनन्। २०६२ साल जेठ २३ गते माडीको बाँदरमुडेमा तत्कालीन माओवादीले यात्रुबहाक बसलाई लक्षित गरी विष्फोट गराउँदा तीनजना नेपाली सेनाका सिपाहीसहित ३९ जनाको मृत्यु भएको थियो। १६ वर्ष बित्दासमेत घटनाका दोषीलाई कार्वाही नभएको भन्दै जवाफदेहिता निगरानी समिति र एड्भोकेसी फोरमले घटनाको छानविन गरी दोषीलाई कार्वाही गर्न माग गरेको छ।
प्रतिक्रिया दिनुहोस्