पाकिस्तानको सर्वोच्च अदालतमा एकजना पनि महिला न्यायाधीश छैनन्
एजेन्सी। दक्षिण एसियामा पाकिस्तान एउटा यस्तो देश हो, जहाँको सर्वोच्च अदालतमा एकजना पनि महिला न्यायाधीश छैनन्। ‘दि एक्सप्रेस ट्रिब्युन’को रिपोर्टबाट यो तथ्य सार्वजनिक भएको हो। यसबाट महिलामाथि भेदभाव स्पष्टै झल्किने हुँदा पाकिस्तानको संसदीय समितिले न्यायपालिकामा लिंग सन्तुलन मिलाउन सरकारको ध्यानाकर्षण गरेको छ। समितिले उच्च न्यायालयमा महिला, अल्पसंख्यक समुदाय तथा कमजोर वर्गको उचित प्रतिनिधित्व हुनुपर्ने बताएको छ।
प्रतिक्रिया दिनुहोस्