पाकिस्तानमा दुई रेल जुध्दा कम्तीमा २५ को मृत्यु बीबीसी। पाकिस्तानको सिन्ध प्रान्तमा सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेस रेल जुध्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ। घटना सोमबार बिहान भएको रेडियो पाकिस्तानले बताएको छ। घटनाका गम्भीर घाइतेलाई अस्पताल पठाइएको छ भने रेलभित्र अड्किएका यात्रु निकाल्ने क्रम जारी छ। घाइते हुनेको संख्या कम्तीमा ४० रहेको बताइएको छ। प्रहरीका अनुसार मृत्यु हुने र घाइतेको संख्या बढ्न सक्ने अनुमान छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्