हंगेरीमा चिनियाँ विश्वविद्यालय खोल्ने योजनाको विरोध बीबीसी। हंगेरीको राजधानी बुडापेस्टमा चीनको एक विश्व विद्यालयको क्याम्पस खोल्ने योजना सरकारले ल्याएपछि विरोधमा हजारौं मानिस सडकमा उत्रिएका छन्। शनिबार बुडापेस्टमा चीनको फुडान युनिभर्सिटी क्याम्पस निर्माणको योजनाको विरोधमा उत्रिएका मानिसहरु संसदभवनसम्म पुगेका थिए। चिनियाँ क्याम्पस खोल्न दिँदा देशको उच्च शिक्षाको स्तर घट्ने र कम्युनिष्ट शासनको प्रभाव बढ्ने प्रदर्शनकारीहरुको भनाई छ। हंगेरीका प्रधानमन्त्री भिक्टर ओरबानको दक्षिणपन्थी सरकारको बेइजिङसँग घनिष्ट सम्बन्ध छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्