भ्रमण वर्ष प्रवर्द्धन गर्न ‘भिजिट मधेश नेपाल-२०२०’
काठमाडौं। 'नेपाल भ्रमण वर्ष- २०२०' लाई सफल बनाउन ‘भिजिट मधेश नेपाल-२०२०’ घोषणा गरिएको छ।

नेपाल आएका विदेशी पर्यटकलाई मधेश भ्रमण गराउने ध्येयले यो अभियान घोषणा गरिएको हो ।

भिजिट मधेश नेपालले २२ पुसमा पत्रकार सम्मेलनमा ‘भिजिट मधेश डटकम’ र भिजिट मधेश नामक मोबाइल एपको शुरुआत गरेको जनाएको छ।

तराई मधेशको फरक हावापानी, पर्यावरण, ऐतिहासिक, पुरातात्विक, धार्मिक एवं प्राकृतिक सम्पदा र धरोहरहरुले पर्यटकलाई झन् आकर्षित गर्न मद्दत गर्ने विश्वासस्वरुप अभियान थालिएको बताइएको छ।

तराई मधेशका २२ वटै जिल्लालाई जोड्ने गरी नागरिकस्तरबाट  ‘भिजिट मधेश नेपाल’ अभियान दुई वर्षदेखि जारी रहेको  छ।

भिजिट मधेश नेपालको विज्ञप्तिमा भनिएको छ, 'तराई-मधेशका पर्यटकीय गन्तव्य, संस्कृति, खानपान, रहनसहन, वेषभूषा एवं विशेषतालाई विभिन्न किसिमको कार्यक्रम सञ्चालन गरी राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन एवं चिनाउँदै अगाडि बढिरहेको छ।' रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्