नेपालमा करिब ४० लाख सवारी साधन दर्ता, ७९.३ प्रतिशत मोटरसाइकल
काठमाडौं।नेपालमा हालसम्म दर्ता भएका सवारी साधनको संख्या ३९ लाख ८७ हजार २६७ पुगेको छ। २०७७ असारसम्म ३८ लाख ३६ हजार ५०२ सवारी साधन दर्ता भएका थिए। आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि फागुनसम्म १ लाख ५० हजार ७६५ नयाँ सवारी साधन दर्ता भएको यातायात व्यवस्था विभागले जनाएको छ। दर्ता भएकामध्ये ७९.३ प्रतिशत मोटरसाइकल र १.४ प्रतिशत सार्वजनिक यातायात बस छन्।
प्रतिक्रिया दिनुहोस्