४८५ सामुदायिक माध्यामिक विद्यालयमा कम्प्युटर ल्वाब स्थापना काठमाडौं। सरकारले चालु आर्थिक वर्षको फागुनसम्म देशका ४८५ वटा सामुदायिक माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरेको छ। शिक्षालाई वैज्ञानिक, प्राविधिक, सीपमूलक, रोजगारमूलक एवं जीवनोपयोगी बनाउँदै सक्षम जनशक्ति तयार गर्न विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको हो। सरकारले ९९० सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने लक्ष्य राखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्