नेपालमा विद्यालयको संख्या साढे ३५ हजारभन्दा बढी, सबैभन्दा बढी बागमती प्रदेशमा
काठमाडौं। नेपालमा कूल विद्यालयको संख्या ३५ हजार ६७४ रहेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार सबैभन्दा बढी विद्यालय बागमती प्रदेशमा छन्। बागमती प्रदेशमा सातहजार ५४, प्रदेश १ मा छहजार ९५८, प्रदेश २ मा चारहजार १६४, गण्डकी प्रदेशमा चारहजार ३४९, लुम्बिनी प्रदेशमा पाँचहजार ७२८, कर्णाली प्रदेशमा तीनहजार १९१ र सुदूरपश्चिम प्रदेशमा ४ हजार २३० विद्यालय रहेका छन्।
प्रतिक्रिया दिनुहोस्