कसैले ह्वाट्सएप, इमोमार्फत लट्री पर्यो त भनेको छैन? काठमाडौं। सामाजिक सञ्जाल ह्वाट्सएप, इमोमार्फत लट्री परेको भनी ठगी गरेको आरोपमा प्रहरीले पर्साको वीरगंजका निरजकुमार सिंहलाई पक्राउ गरेको छ। वाट्सएप, इमोमार्फत २५ लाखको लट्री परेको भनी विश्वास दिलाई उनले ठगी गर्दै आएको प्रहरीले जनाएको छ। लट्रीमा परेको रकम प्राप्त गर्न ट्याक्स दिनुपर्ने भन्दै उनले झुक्याएर ठगी गरेको प्रहरीको भनाई छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्