एकै परिवारका चार जनाको हत्या, ९ वर्षीय बालक घाइते एजेन्सी। क्यानडाको अनतारिओ प्रान्तमा सवारी साधनमा गरिएको हमलामा ४ जनाको मृत्यु भएको छ। योजनावद्ध रुपमा गरिएको आक्रमणमा मुस्लिम परिवारका चार सदस्याको ज्यान गएको हो भने ९ वर्षका एक बालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ। क्यानडामा मुस्लिममाथि भएको यो सन् २०१७ यताकै ठूलो आक्रमण हो । सन् २०१७ मा क्यूवेकस्थित मस्जिदमा भएको आक्रमणमा ६ जनाको मृत्यु भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्