इन्धन पाइपलाइनको साइबर हमलामा बुझाएको फिरौतीमध्ये अधिकांश फिर्ता
एजेन्सी। अमेरिकाले गत महिना एउटा इन्धन पाइपलाइनमा भएको साइबर हमलाका हमलाकारीलाई बुझाएको ४४ लाख डलरमध्ये २३ लाख डलर बराबरको बिटक्वाइन फिर्ता गराएको छ। डार्क साइड नामक उक्त समूह पूर्वी युरोप र रुसबाट काम गर्ने अमेरिकी अधिकारीहरूको अनुमान छ। सो साइबर हमलाबाट अमेरिकामा केही दिनसम्म इन्धन आपूर्तिमा समस्या देखिएको थियो। जसका कारण इन्धन अभाव हुन पुगेको थियो।
प्रतिक्रिया दिनुहोस्