मोरङमा चट्याङ लागेर एकको मृत्यु
काठमाडौं। मोरङको बेलबारी नगरपालिका–५ कसेनी बस्ने ३८ वर्षीय मनिराम चौधरीको चट्याङ लागेर मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार योसँगै २०७८ साल सुरु भएयता चट्याङ लागेर मृत्यु हुनेको संख्या २२ पुगेको छ। चट्याङका १०१ घटनामा परी यो वर्ष ८७ जना घाइते भएका छन्। चट्याङ लागेर ५२ वटा चौपायाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्