पाकिस्तानको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ६३ पुग्यो एजेन्सी। पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा मृतकको संख्या ६३ पुगेको छ। पाकिस्तानका रेलवे अधिकारीका अनुसार डबल ट्रेन दुर्घटनामा मर्नेको संख्या बढेको हो। रेलवेले सार्वजनिक गरेको मृतकको सूचीमा १२ जनाको पहिचान खुल्न सकेको छैन। सोमबार राचीबाट सरगोधा गइरहेको रेल मिल्लत एक्सप्रेस पटरीबाट बाहिर गएको थियो। सोही क्रममा दुई रेल एक आपसमा ठोक्किएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्