कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले अत्याधुनिक भन्दै बाँडेका एम्बुलेन्स दुई महीनामै बिग्रिन थालेका छन्। टाटा कम्पनीको ४०७/०३१–४ २१२१ मोडेलका ट्रक खरिद गर्दै एम्बुलेन्स बनाएर २० कात्तिकमा प्रदेश सरकारबाट वितरण भएका केही एम्बुलेन्स त बिग्रिएर थन्किसकेका छन्।
प्रदेश सरकारले हस्तान्तरण गरेपछि शुरूआतका केही दिन सञ्चालनमा ल्याइएका एम्बुलेन्स केही दिनमै बिग्रिएको पाइएको छ। एम्बुलेन्स बिग्रेपछि थन्काएर पुरानै एम्बुलेन्स संचालन गरिरहेको डडेल्धुराको जोगबुढा अस्पतालका प्रमुख डाक्टर जितेन्द्र चौधरीले बताए। उनले उक्त एम्बुलेन्स कच्ची सडकमा समेत चलाउन नसकिने अवस्थाको रहेको बताए।
उता बाजुराको टाँटे स्वास्थ्य चौकीले समेत एम्बुलेन्सले अत्याधिक फ्युल खाइरहेको जनाएको छ। स्वास्थ्य चौकीका प्रमुख दीपक शाहले अहिले नै एम्बुलेन्समा कुनै समस्या नदेखिएपनि ईन्धनमा धेरै खर्च भइरहेको बताए।
सुदूरपश्चिम प्रदेश सरकारले ६ करोड ३५ लाख २० हजार रूपैयाँ खर्चेर गरेर १६ वटा एम्बुलेन्स खरीद गरेको थियो। एम्बुलेन्स विक्रेता सिपद्री ट्रेडर्सका धनगढी व्यवस्थापक ईन्द्रबहादुर कडालले ती एम्बुलेन्स पहाडी जिल्लामा सञ्चालनका लागि समस्या हुने स्वीकार गरे।
उनले उक्त गाडीले माईलेज पनि निकै कम पाउने बताउँदै ठूलो गाडी भएकाले पहाडमा सञ्चालन गर्न समस्या हुने बताए। कडालका अनुसार उक्त मोडलको ट्रक अधिकांश तरकारी ढुवानीका लागि विक्री हुँदै आएको छ।
सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकरवहादुर विष्टले भने बजेट अनुसार सबैभन्दा उपयुक्त एम्बुलेन्स खरीद गरिएको दाबी गरेका छन्।
एम्बुलेन्स खरीदको समयमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका सचिव रहेका अहिले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने नयाँ मोडलको गाडी खरीदका लागि सम्झौता गरिएको बताए।
धेरै पुरानो मोडलको गाडी भन्सार र यातायातले ल्याउन नदिने हुँदा एक वर्ष पुरानो गाडी खरीदको सम्झौता भएको हमालले बताए। कसरी पुरानो मोडेल ल्याइयो भन्नेबारे आफूलाई जानकारी नभएको पनि उनको भनाइ छ।
सामाजिक विकास मन्त्रालयले पनि विभिन्न ठाउँबाट एम्बुलेन्स बिग्रिएको गुनासो आएको स्वीकार गरेको छ। बिग्रिएका एम्बुलेन्स मर्मतका लागि सिपद्रीमा लैजान सुझाइएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए।
सामाजिक विकास मन्त्रालयका निमित्त सचिव झंकरवहादुर विष्टले बजेट अनुसार सबैभन्दा उपयुक्त एम्बुलेन्स खरीद गरिएको दाबी गरे। उनले नयाँ र अत्याधुनिक सेवा दिने गरी एम्बुलेन्स खरीदको सम्झौता भएको बताउँदै गाडी खरीद भएपछि मात्रै गाडीभित्र लाखौँका उपकरण थपेको बताए।
प्रदेश सरकारले एम्बुलेन्स भन्दै दिएको ट्रकको भन्सार शुल्क समेत गरी हालको मूल्य १८ लाख ८५ हजार रूपैयाँ मात्रै रहेको छ। तर, प्रदेश सरकारले एउटा एम्बुलेन्समा ३९ लाख ७ हजार रूपैयाँ खर्च गरेको थियो।
पढ्नुहोस्
अत्याधुनिक एम्बुलेन्स भन्दै सुदूरपश्चिम सरकारले बाँड्यो पुराना मिनि ट्रक
" /> कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले अत्याधुनिक भन्दै बाँडेका एम्बुलेन्स दुई महीनामै बिग्रिन थालेका छन्। टाटा कम्पनीको ४०७/०३१–४ २१२१ मोडेलका ट्रक खरिद गर्दै एम्बुलेन्स बनाएर २० कात्तिकमा प्रदेश सरकारबाट वितरण भएका केही एम्बुलेन्स त बिग्रिएर थन्किसकेका छन्।प्रदेश सरकारले हस्तान्तरण गरेपछि शुरूआतका केही दिन सञ्चालनमा ल्याइएका एम्बुलेन्स केही दिनमै बिग्रिएको पाइएको छ। एम्बुलेन्स बिग्रेपछि थन्काएर पुरानै एम्बुलेन्स संचालन गरिरहेको डडेल्धुराको जोगबुढा अस्पतालका प्रमुख डाक्टर जितेन्द्र चौधरीले बताए। उनले उक्त एम्बुलेन्स कच्ची सडकमा समेत चलाउन नसकिने अवस्थाको रहेको बताए।

">