मुम्बईको एक गोदाममा त्रिपालले बेरिएको अवस्थामा नेपाली महिलाको शव भेटियो
एजेन्सी। मुम्बईको एक गोदाममा ५२ वर्षीया नेपाली महिलाको शव भेटिएको छ। ती महिला मुम्बईमा घरेलु कामदारको रुपमा कार्यरत थिइन्। स्थानीय प्रहरीका अनुसार उनको शव प्रयोग नभएको कन्टेनरमा त्रिपालले बेरेको अवस्थामा भेटिएको हो। मृतक महिलाको नाम दुर्गा खड्का रहेको र उनको ६ जना छोराछोरी रहेको प्रहरीले जनाएको छ। हत्याको आशंकामा प्रहरीले एक जना ६० वर्षीय मानसिंह मेहतालाई पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस्