बैंकिङ प्रणालीमा ३३ खर्ब निक्षेप, ३१ खर्ब लगानी

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा १ पुस यता मात्रै २७ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन भएको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले बैंक तथा वित्तीय संस्थामा अहिले ३३ खर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन भएको बताएका छन्।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा ध्यान दिएको पाइएको छ। बैंक तथा वित्तीय संस्थामा २७ अर्ब निक्षेप संकलन हुँदा कर्जा लगानी भने २९ अर्ब ९३ करोड भएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ। यससँगै, बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको भट्टले जानकारी दिए।

निक्षेप संकलनको तुलनामा कर्जा लगानी केही बढी देखिएको भए पनि बैंक तथा वित्तीय संस्थामा पर्याप्त मात्रामा तरलता कायम रहेको भट्टले बताए।

आज बैंक तथा वित्तीय संस्थाहरुमा ४६ अर्ब रुपैयाँ तरलता रहेको छ राष्ट्र बैंकको तथ्याङ्क छ। त्यस्तै बैंकहरुको कर्जा–निक्षेप अनुपात (सिसिडी रेसियो) ७८ प्रतिशत रहेको प्रवक्ता भट्टले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्