हेटौंडा। प्रदेश ३ को नाम र राजधानीबारे प्रदेशसभामा आजदेखि छलफल शुरू भएको छ।
आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित गर्दै भदौ २४ बाट स्थगित रहेको बैठक आजदेखि शुरू भएको हो। बैठकमा प्रदेश ३ को सम्भाव्य राजधानीबारे प्रदेश सभा सदस्य दीपक निरौलाले प्रस्ताव पेश गरेका थिए। सभामुख सानुकुमार श्रेष्ठको अनुमतिमा प्रस्ताव पेश भएपछि प्रदेशको नाम र राजधानीबारे छलफल सुरु भएको हो।
प्रदेशसभाको दुई तिहाइ बहुमतबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । सत्तारुढ नेकपाले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा कायम गर्न आफूसम्बद्ध प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिइसकेको छ।
पार्टीको निर्देशनअनुसार मतदान भएमा प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा हुने छ। किनभने प्रदेश ३ मा नेकपाको दुई तिहाइ बहुमत रहेको छ। बैठक भोलि दिउँसो ३ बजे पुन: बस्ने गरी स्थगित भएको छ।