हजारौं अमेरिकी डिभी बिजेताले बाइडेन प्रशासनविरुद्ध दायर गरे मुद्दा
एजेन्सी। विश्वका १४१ देशका २४ हजार ८९ जना अमेरिकी डिभी बिजेताले बाइडेन प्रशासनविरुद्ध मुद्दा दायर गरेका छन्। कोरोना महामारीलाई कारण देखाउँदै डिभी परेकाहरुको प्रक्रिया अघि नबढाएपछि उनीहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध मुद्दा दायर गरेका हुन्। वकिल कर्टिस मारिसनले कोलम्बिया अदालतमा मुद्दा दायर गरेको घोषणा गरेका हुन्। उनले २४ हजारभन्दा बढीको तर्फबाट मुद्दा दायर गरेको बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्