दुई देशमा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले थाइल्याण्डका लागि नेपाली राजदूत गणेश ढकाललाई सिङ्गापुर र अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदीलाई ग्रिसका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन्।

नेपालको संविधानको धारा, २८२ अनुसार राष्ट्रपतिले उनीहरूलाई गैरआवासीय राजदूतमा आज नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन्।

राजदूत सुवेदी भिएनास्थित संयुक्त राष्ट्रसंघीय कार्यालयका लागि स्थायी नेपाली प्रतिनिधि पनि हुन्।

प्रतिक्रिया दिनुहोस्