जङ्गली च्याउ खाँदा दुईको मृत्यु
इलाम। जिल्लाको सन्दकपुर गाउँपालिका वडा नं १ खोलाघारीका दुई जनाको विषालु च्याउ खाँदा आज मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जीतबहादुर राई छन्। दुवैले गत शनिबार इलाम नगरपालिका वडा नं ३ पुवामझुवाका वीरमान राईका घरमा जंगली च्याउ खाएका थिए। एकजनाको उपचारको क्रममा मृत्यु भएको हो भने एकको घरमै मृत्यु भएको हो। रासस
प्रतिक्रिया दिनुहोस्