सुरक्षा गार्डले डाक्टर बनेर ८० वर्षीया महिलाको शल्यक्रिया गरेपछि एजेन्सी। पाकिस्तानको लाहोरस्थित मायो अस्पतालका सुरक्षा गार्डले डाक्टर बनेर एक ८० वर्षीया महिलाको अपरेशन गर्दा उनको मृत्यु भएको छ। सुरक्षा गार्ड मोहम्मद वहीद बट्टले डाक्टरको पोशाक लगाई, डाक्टर जस्तै व्यवहार गरी अस्पतालका अन्य कर्मचारीलाई झुक्याएर कम्मरको घाउको अपरेसन गरेका थिए। प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। प्रहरीकाअनुसार ती सुरक्षा गार्डले मृत्यु भएकी महिलासँगा पैसा पनि लिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्