फ्रान्सका राष्ट्रपतिलाई एक व्यक्तिले हाने थप्पड
बीबीसी। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई एक व्यक्तिले थप्पड हानेका छन्। मंगलबार राष्ट्रपति म्याक्रो देशको दक्षिण–पूर्वी क्षेत्रको भ्रमणमा रहेका बेला गालामा थप्पड मारिएको हो। भेलेन्स सहरमा राष्ट्रपति म्याक्रों मानिसहरुसँग भेट्दै र उनीहरुको स्वागत लिँदै गर्दा भीडमा रहेका एक व्यक्तिले अचानक थप्पड हानेका थिए। तिनले म्याक्रोवादको विरोध गरेका थिए। प्रहरीले थप्पड हान्ने व्यक्ति र घटनामा संलग्न अन्य दुईजनालाई गिरफ्तार गरेको छ।
प्रतिक्रिया दिनुहोस्