चीनमाथि अधिक निर्भरताले अमेरिकामा अत्यावश्यक वस्तु अभावको खतरा एजेन्सी। सामरिक तथा अन्य अत्यावश्यक वस्तुहरुमा चीनमाथि अधिक निर्भरताले अमेरिकामा खतरा निम्तिएको छ। अमेरिकाको रक्षा मन्त्रालयले समीक्षा बैठकमा आपूर्ति व्यवस्थामा व्यवधान आएको बताएको हो। रक्षाको रिपोर्टमा भनिएको छ, ‘‘सामरिक तथा अन्य महत्वपूर्ण सामग्रीको आपूर्ति शृंखला चीनमै केन्द्रित हुँदा यी वस्तुको आपूर्तिमा व्यवधान, व्यापार पद्धतिमा राजनीतिकरण तथा जबर्जस्ती श्रमजस्ता खतरा अधिक छ। यसले अमेरिकी नागरिकको अर्थव्यवस्थामा असर पर्न सक्छ।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्