नौजना क्यानडेली उच्च अधिकारीमाथि रुसमा प्रतिबन्ध
एजेन्सी। सोमबार रुसले नौजना क्यानडेली उच्च अधिकारीमाथि प्रतिबन्ध घोषणा गरेको छ। प्रतिपक्षी नेता एलेक्सी नभाल्नीलाई पक्राउ गर्न सहयोगीको भूमिका निर्वाह गरेका रुसी अधिकारीमाथि क्यानडाले प्रतिबन्ध लगाएपछि जवाफमा रुसले यस्तो निर्णय गरेको हो। प्रतिबन्ध लगाइएका अधिकारीहरुमा क्यानडाका कानुनमन्त्री तथा महान्यायाधिवक्ता डेभिड ल्यामेट्टी, प्रहरी आयुक्त ब्रेन्डा लुक, सुधारसेवा आयुक्त एनी केलीसमेत अन्य रहेका छन्। रुसले अनिश्चितकालका लागि यी अधिकारीमाहरुथि प्रतिबन्ध लगाएको हो।
प्रतिक्रिया दिनुहोस्