राष्ट्रिय आविष्कार केन्द्रलाई १० अक्सिजन सिलिण्डर सहयोग काठमाडाैं।बागमती प्रदेश एकता समाज दक्षिण कोरियाले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लिटर क्षमताका १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेको छ।संस्थाका अध्यक्ष रविप्रताप घिसिङलगायतले आविष्कार केन्द्रमै पुगेरसहयोग गरेका हुन्।समाजले दक्षिण कोरियामा रहेका नेपालीबाट दुई सातामा १९ लाख ५१ हजार कोरियन वन संकलन गरेर सिलिण्डर खरिद गरेको थियो।आविष्कार केन्द्रका तर्फबाट निमित्त प्रमुख किशोर रिमालले सहयोगका दक्षिण कोरियाका नेपालीलाई धन्यवाद दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्