अफगानिस्तानमा तालिबानी कहर, दुई दिनमा ११९ मारिए
एजेन्सी। जुन ३ र ४ दुई दिनमा अफगानिस्तानमा भएको हिंसात्मक झडपमा ११९ जना मारिएका छन्। अफगानिस्तानमा शान्ति प्रक्रिया सुरु गर्ने प्रयासस्वरुप अमेरिकी सेना फिर्ता हुने क्रमसँगै त्यहाँ हिंसा बढेको छ। जुन ३ मा ५४ जना मारिएका थिए, भोलिपल्टै ६५ जना मारिए। ११९ जनामध्ये १०२ सुरक्षाबलका सदस्य मारिएका छन्। हिंसक झडपमा घाइते हुनेको यकिन संख्या आउन सकेको छैन।
प्रतिक्रिया दिनुहोस्