मकैबारीमा फेला पर्यो १०२ केजी गाँजा
काठमाडौं। सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका–८ सिसुवा धरमपुरस्थित मकै बारीबाट करिब १०२ केजी अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ। मकैबारीमा लागूऔषध गाँजा फेला परेको भन्ने सशस्त्र प्रहरी बलको टोलीले खबर गर्नासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्