टाउकोमा फलामको कर्नीले हिर्काइ साथीको हत्या
कैलाली। लम्कीचुहा नगरपालिका–२ मोतिपुरमा डेरा गरी बस्ने विशाल बुढाथोकीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उनकै साथी कैलारी गाउँपालिका–४ घर बताउने सोमबहादुर बस्नेत रहेका छन्। बुढाथोकी सोमबार मृत अवस्थामा भेटिएका थिए। अनुसन्धानको क्रममा घटनापश्चात फरार भएका बस्नेतलाई प्रहरीले कैलारी गाउँपालिकाको वीरेन्द्र सामुदायिक वनमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्