कोरोनाविरुद्धको खोप लगाउनेलाई गाँजा उपहार
एजेन्सी। कोरोनाको खोप लगाउन प्रोत्साहन गर्न अमेरिकाको बासिङ्गटन राज्यले खोप लगाएबापत गाँजाको एउटा खिल्ली उपहार दिने घोषणा गरेको छ। गत सोमबार वासिङ्टन राज्यको लिक्वर एन्ड क्यानबिस बोर्डले ज्वाइन्ट््स फर ज्याब्स नामक योजनाअन्तर्गत यो निर्णय सार्वजनिक गरेको हो। यो योजनाको अवधिमा कानूनी मान्यताप्राप्त गाँजाका खुद्रा व्यापारी तथा पसलेहरुले कोरोनाको डोज लिएका २१ वर्षमाथिका व्यक्तिहरुलाई मात्र एउटा गाँजाको खिल्ली उपलब्ध गराउनु पर्नेछ।
प्रतिक्रिया दिनुहोस्