काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमितिको बैठकबाट भएका निर्णय विरुद्धमा आफूनिकट जिल्ला सभापतिहरूले समर्थन जनाएको बताएका छन्।
आज सम्पन्न जिल्ला सभापतिहरूको भेलापछि पौडेलले जिल्ला सभापतिहरूले दिएको सुझावबाट आफू उत्साहित भएको उल्लेख गरे। उनले ११ पुसमा पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरू खारेज गर्न जिल्ला सभापतिहरूले समर्थन जनाएको बताए।
केन्द्रीय कार्यसमितिको नाउँमा भएका निर्णयहरू पार्टीको हितमा नभएको र १४औं महाधिवेसनलाई अनिश्चित बनाएको पौडेलको आरोप छ।
त्यस्तै, कांग्रेस नेता कृष्ण सिटौलाले कम्युनिष्टको सरकारबाट उत्पन्न परिस्थितिहरूमाथि एक भएर लडनुपर्ने अवस्थामा पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो गुटको मात्र बैठक बसाई निर्णय गरेको बताए। उनले सभापति देउवालाई पार्टीको नभई आफ्नो गुटको मात्र सभापति बनेको आरोप लगाए।
नेपाली कांग्रेसको ११ पुसमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले बहुमतको आधारमा ७–१० फागुन २०७७ मा महाधिवेसन गर्ने लगायत विभागहरूको संख्या बढाई ४७ पुर्याउने निर्णय गरेको थियो।
त्यसयता, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले एकलौटी निर्णय भएको भन्दै आफूनिकट जिल्ला सभापतिहरूको भेला बोलाएको हो।
" /> काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यसमितिको बैठकबाट भएका निर्णय विरुद्धमा आफूनिकट जिल्ला सभापतिहरूले समर्थन जनाएको बताएका छन्।आज सम्पन्न जिल्ला सभापतिहरूको भेलापछि पौडेलले जिल्ला सभापतिहरूले दिएको सुझावबाट आफू उत्साहित भएको उल्लेख गरे। उनले ११ पुसमा पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गरेका निर्णयहरू खारेज गर्न जिल्ला सभापतिहरूले समर्थन जनाएको बताए।

">