कम कर तिर्ने अमेरिकाका यी अर्बपति बीबीसी। अमेरिकाका केही अर्बपतिले निकै कम कर तिर्ने गरेको एक न्युज वेबसाइटको दाबी छ। प्रोपब्लिकामा आएको जानकारीअनुसार अमेरिकाका २५सबैभन्दा धनी व्यक्ति औषतमा आयको १५.८ प्रतिशतमात्रै कर तिर्छन्। जेफ बेजोस, एलन मस्क र वारेन बफेटजस्ता संसारका धनाढ्यले तिर्ने करबारे आफूले जाँच गरेको प्रोपब्लिकाको भनाई छ। थप जानकारी साताभित्रै ल्याउने बताएको वेबसाइटले अमेजनका बेजोसले २००७, मस्कले २०१८मा कर नतिरेको उल्लेख गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्