इजरायलले प्रहार गरेको मिसाइल विफल पारेको सिरियाको दाबी बीबीसी। इजरायलले जुन ८ मा लडाकू विमानद्वारा प्रहार गरेको मिसाइल विफल पारिदिएको सिरियाली सरकारी मिडियाको दाबी छ। तर सिरियामा जारी संघर्षलाई नजिकबाट हेरिरहेको एक संगठनले भने उक्त मिसाइल हमलाबाट थुप्रै मानिसको ज्यान गएको बताएको छ। सिरियाली मानवअधिकार संगठनले सिरियाको शैन्य क्षेत्रमा मिसाइल हमला भएको उल्लेख गरेको छ। संगठनका अनुसार हमलामा थुप्रै मानिस मरेको र हतियार डिपोसमेत नष्ट भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्