व्यायाम शारीरिक स्वास्थ्यका लागि मात्र होइन, मानसिक स्वास्थ्यका लागि पनि उत्तिकै हितकारी हुन्छ। वास्तवमा धेरै मानिसले मानसिक स्वास्थ्यकै लागि शारीरिक व्यायाम गर्ने गर्छन्। तर, के सबै व्यायाम समान रूपमा हितकारी हुन्छन् त? खासगरी एक्लै व्यायाम गर्दा र सामूहिक रूपमा व्यायाम गर्दा एउटै परिणाम आउँछ त? अझ भनौं, ती दुवैको फाइदा उस्तै उस्तै हुन्छ त?
हालै भएको एउटा अनुसन्धानले व्यायामको प्रकृतिमा भएको फरकले मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे अध्ययन गरेको छ। अनुसन्धाननमा १६ देखि २४ वर्षको उमेर समूहका विद्यार्थीलाई समावेश गरिएको थियो। उक्त अनुसन्धानमा हप्तामा कम्तिमा एक पटक योगजस्ता सामूहिक रूपमा र एक्लै व्यायाम गर्दा आउने परिणामबारे अध्ययन भएको थियो।
अनुसन्धानले सामूहिक रूपमा व्यायाम गर्ने विद्यार्थीहरूको मानसिक स्वास्थ्य एक्लै व्यायाम गर्नेको भन्दा उत्तम हुने निष्कर्ष निकालेको छ। त्यतिमात्र होइन, सामूहिक रूपमा व्यायाम गर्ने विद्यार्थीहरूले एक्लैले गर्नेभन्दा दोब्बर कसरत गर्ने समेत अनुसन्धानको निष्कर्ष छ।
मेरा साथीहरू र मैले दुईवटा अध्ययन गरेका थियौं। एउटामा सामुदायिक रूपमा आयोजना हुने फुटबल खेलहरू र अर्कोमा मानसिक स्वास्थ्यका लागि स्थापना गरिएका संस्थाहरूले आयोजना गर्ने फुटबल खेलहरू समेटिएको थियो।
सामूहिक रूपमा शारीरिक व्यायाम गर्दा निर्माण हुने सामाजिक सहायता सञ्जालले गर्दा मानसिक स्वास्थ्यलाई फाइदा पुगेको निष्कर्ष अनुसन्धानकर्ताहरूको छ।
मेरो आफ्नै अनुसन्धानले पनि कसरी फुटबल खेलले मानसिक स्वास्थ्य सुधारका लागि सहयोग पुर्याउँछ भन्ने खोज गरेको थियो। मेरा साथीहरू र मैले दुईवटा अध्ययन गरेका थियौं। एउटामा सामुदायिक रूपमा आयोजना हुने फुटबल खेलहरू र अर्कोमा मानसिक स्वास्थ्यका लागि स्थापना गरिएका संस्थाहरूले आयोजना गर्ने फुटबल खेलहरू समेटिएको थियो। हामीले खेलाडी, प्रशिक्षक र स्वास्थ्यकर्मी सबैले भाग लिएको खेलका सहभागीहरूसँग अन्तर्वार्ता गरेका थियौं।
त्यसक्रममा हामीले सहभागीहरूले सामूहिक गतिविधिलाई महत्व दिएको पायौं। उनीहरूले सामूहिक गतिविधिमार्फत् समान रूचि र अनुभव भएका मानिसहरूबीच सम्बन्ध स्थापना गर्न सफल भएको पायौं। उनीहरूले खेलले आफ्नो मानसिक स्फुर्ति बढाउन मद्दत पुर्याएकोसमेत बताए।
हाम्रो अनुसन्धानले सामूहिक रूपमा शारीरिक व्यायाम गर्दा हुने फाइदा एक्लै गर्दा नपाइने पुष्टि गरेको छ।
हामी किन व्यायाम गर्छौं?
हामीले व्यायाम गर्नुका पछाडि मानसिक स्वास्थ्यलाई पर्ने प्रभाव पनि जोडिएको छ। व्यायाम गर्ने उत्साह र मानसिक स्वास्थ्यलाई ‘सेल्फ–डिटरमिनेसन थ्यौरी’ (स्व–निर्णय सिद्दान्त)ले व्याख्या गर्न सक्छ। उक्त सिद्धान्तले सांस्कृतिक र सामाजिक कारकहरूबाहेक व्यक्तिगत अनुभवहरूले हामी कुनै शारीरिक व्यायाममा किन सहभागी हुन्छौं भन्ने निर्णय गर्न सघाउँछन्।
धेरै विकल्प भएसम्म हामीले मानिसक रूपमा फाइदा पुर्याउने व्यायाम छनोट गर्छौँ। त्यस्ता व्यायाम छनोट गर्दा हामीले सजिलै गर्न सक्ने र अरुहरूसँग सम्बन्ध बनाउन सजिलो हुनेलाई प्राथमिकता दिन्छौं। यसलाई मनोविज्ञानको भाषामा ‘स्वतन्त्र प्रेरणा’ भन्ने गरिन्छ। अध्ययनहरूले बताउँछन्, यस्ता कारणले व्यायाममा सहभागी हुने मानिसहरू अरुभन्दा बढी सन्तुष्ट र उत्साही हुन्छन्।
उदाहरणका लागि यदि मैले आफूलाई महत्वपूर्ण लागेकाले जगिङ रोज्छु भने यसले मेरो मानसिक स्वास्थ्यलाई फाइदा पुर्याउँछ। तर, यदि म साथीहरूका कारणले गर्दा मात्रै बाध्य भएर सामूहिक खेल रोज्छु भने यसले मलाई खासै फाइदा पुर्याउँदैन।
अर्कोतर्फ, हामीले विकल्पहरू कम पाउछौँ र स्थितिमा हाम्रो कम नियन्त्रण गर्छौं भने हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको हुन्छ। हामीले यस्तो अनुभव गर्छौं भने हामी सकेसम्म दोषी कम देखिने वा कम सजाय पाइने खालका गतिविधि गर्नेतर्फ अग्रसर हुन्छौं। यसलाई ‘नियन्त्रित प्रेरणा’ भनिन्छ।
यस्ता कारणहरू हावी हुँदा हाम्रो व्यायाम निरन्तर हुन सक्दैन, किनभने यसले हामीलाई आनन्द प्रदान गर्दैन। यस्तो खालको प्रेरणाले मानसिक स्वास्थ्यलाई नकारात्मक असर पारिरहेको हुन्छ।
उदाहरणका लागि यदि मैले आफूलाई महत्वपूर्ण लागेकाले जगिङ रोज्छु भने यसले मेरो मानसिक स्वास्थ्यलाई फाइदा पुर्याउँछ। तर, यदि म साथीहरूका कारणले गर्दा मात्रै बाध्य भएर सामूहिक खेल रोज्छु भने यसले मलाई खासै फाइदा पुर्याउँदैन। किनभने मैले आफ्नो ईच्छाले यो खेल रोजेकी हुँदिन।
त्यसैले सामूहिक रूपमा व्यायाममा भाग लिँदा मानसिक स्वास्थ्यलाई सँधै फाइदा पुग्छ भन्ने चाहिँ हुँदैन। सामूहिक व्यायाम गर्दा व्यक्तिले सहभागिता जनाउने भएकाले उसको मानसिक स्वास्थ्यलाई फाइदा पुग्नसक्छ। तर, यदि ऊ आफ्नो ईच्छाले नभई बाध्यताले सहभागी भइरहेको छ भने वा समूहको सदस्य बन्नपर्ने बाध्यताले मात्र भाग लिएको छ भने सामूहिक रूपमा व्यायाम गर्दा पनि खासै फाइदा पुग्दैन।
(हेली ‘टोनिंगम ट्रेन्ट विश्वविद्यालय’की स्पोर्ट कोचिङकी वरिष्ठ अध्यापक हुन्। यो आलेख ‘द कन्भरसेसन’बाट अनुदित हो।)
" /> व्यायाम शारीरिक स्वास्थ्यका लागि मात्र होइन, मानसिक स्वास्थ्यका लागि पनि उत्तिकै हितकारी हुन्छ। वास्तवमा धेरै मानिसले मानसिक स्वास्थ्यकै लागि शारीरिक व्यायाम गर्ने गर्छन्। तर, के सबै व्यायाम समान रूपमा हितकारी हुन्छन् त? खासगरी एक्लै व्यायाम गर्दा र सामूहिक रूपमा व्यायाम गर्दा एउटै परिणाम आउँछ त? अझ भनौं, ती दुवैको फाइदा उस्तै उस्तै हुन्छ त?हालै भएको एउटा अनुसन्धानले व्यायामको प्रकृतिमा भएको फरकले मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे अध्ययन गरेको छ। अनुसन्धाननमा १६ देखि २४ वर्षको उमेर समूहका विद्यार्थीलाई समावेश गरिएको थियो। उक्त अनुसन्धानमा हप्तामा कम्तिमा एक पटक योगजस्ता सामूहिक रूपमा र एक्लै व्यायाम गर्दा आउने परिणामबारे अध्ययन भएको थियो।

">