भारतद्वारा पाम आयल आयातमा रोक
काठमाडौं। भारतले पाम तेल (पाम आयल) आयातमा प्रतिबन्ध लगाएको छ।
पाम आयल नेपालको प्रमुख निकासी वस्तु हो। यसको सबै हिस्सा भारतमा निकासी हुँदै आएको छ।
भारतको वैदेशिक व्यापार महानिर्देशनालयले २३ पुसमा वैदेशिक व्यापार नीतिमा भएको संशोधनका सम्बन्धमा सूचित गरेर पाम आयल आयातमा प्रतिबन्ध लगाएको हो।
चालु आर्थिक वर्षको पाँच महीना (साउन–मंसीर) मा नेपालले ११ अर्ब ५५ करोड रूपैयाँको पाम आयल भारत निकासी गरेको भन्सार विभागले जनाएको छ।
क्रूल निर्यातमा पाम आयलको हिस्सा २४ दशमलब २५ प्रतिशत थियो। पाम आयले निकासी गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ३५ करोड रूपैयाँ थियो।
भारतीय आयातकर्ताले पाम आयल उत्पादन हुने इन्डोनेसिया या मलेसिया जस्ता देशबाट आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तोकिएको थियो। नेपालले भारतमा निकासी गर्दा भन्सार लाग्दैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्