असार १ देखि निषेधाज्ञा खुकुलो हुन्छ?
काठमाडौं।काठमाडौं उपत्यकामा असारदेखि निषेधाज्ञा खुकुलो बनाउने चर्चा चलिरहेको छ। तर भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निषेधाज्ञा खुकुलो बनाउनेबारे कुनै छलफल नभएको बताएका छन्। असार १ देखि निषेधाज्ञा खुकुलो हुन्छ? भन्ने प्रश्नमा सीडीओ भट्टराईले भने, “निषेधाज्ञा खुकुलो बनाउनेबारे कुनै छलफल भएको छैन। बाहिर भएको हल्ला मात्र हो। त्यसबारे २९ गतेको बैठकबाट निर्णय गर्छौं।” निषेधाज्ञा खुकुलो बनाउनुपर्ने दबाब भने बढिरहेको छ।
प्रतिक्रिया दिनुहोस्