कर्णालीमा अब ५ भैँसी, ५० बाख्रा, ५ चौँरी गाई, ५० भेडा पाले मासिक एक हजार पाउने
काठमाडौं। कर्णाली प्रदेश सरकारले यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रम लाई प्राथमिकतामा राखेको छ। यो कार्यक्रम कर्णालीका १० वटै जिल्लामा लागू हुनेछ। ‘गोठालो भत्ता’ कार्यक्रमअन्तर्गत किसानले मासिक एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। भत्ता पाउने गोठालोले पाँच भैँसी, ५० बाख्रा, पाँच चौँरी गाई, ५० भेडाको व्यावसायिक पालन गरेको हुनुपर्ने मापदण्ड राखिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्