यस वर्षको मनसुन जोखिमपूर्ण हुन सक्ने
काठमाडौं। मनसुन भित्रिनै लाग्दा यसवर्ष नेपालमा मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो)बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति व्यहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आंकलन सार्वजनिक गरिसकेको छ। रासस
प्रतिक्रिया दिनुहोस्